दफा १०
वारेस वा परिवारका सदस्यहरूलाई बोनस दिने
(१) बोनस लिन आफू उपस्थित हुन नसक्ने कर्मचारीले आफूले पाउने बोनस लिन कुनै व्यक्तिलार्ई मञ्जुरनामा दिई पठाउन सक्नेछ ।
(२)कुनै कर्मचारीको मृत्यु भएमा निजले पाउने बोनस निजद्वारा कसैलाई इच्छाइएको भए सोही व्यक्तिले र त्यसरी कसैलाइ इच्छाइएको नभएमा वा इच्छाइएको व्यक्तिको पनि इच्छाउने व्यक्तिको मृत्यु हुनु भन्दा पहिले नै मृत्यु भैसकेको रहेछ भने अपुताली सम्बन्धी प्रचलित कानून बमोजिमको हकवालाले पाउनेछ ।
(३) उपदफा (२) बमोजिम वितरण विरण भएको बोनसको सम्बन्धमा चित्त नबुझ्ने व्यक्तिले सो वितरण भएको मितिले पैतीस दिनभित्र श्रम अदालतमा उजुर गर्न सक्नेछ र त्यस्तोमा श्रम अदालतको निर्णय अन्तिम हुनेछ ।